विश्व आदिवासी युवा सम्मेलनमा अनुभव आदानप्रदान
nepalnews.com · Sun Jun 14 11:01:16 GMT 2026

काठमाडौँ। आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय युवा परिषद्को आयोजनामा विश्व आदिवासी युवा सम्मेलन २०२६ सम्पन्न भएको छ।
यही ३० र ३१ जेठमा सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तर्क्रिया र अनुभव आदानप्रदान गरिएको महासंघका अध्यक्ष किरण श्रेष्ठले बताए।