नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
gorkhapatraonline.com · Sun Jun 14 11:06:35 GMT 2026

सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ । त्यसका लागि रु दुई अर्ब ६२ करोड ७४ लाख बराबरको बजेट विनियोजन गरिएको छ ।
त्यसमा नेपाल सरकारतर्फ रु एक अर्ब १९ करोड ७४ लाख रहेको छ भने वैदेशिक सहायतातर्फ रु एक अर्ब ४३ करोड रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनको माध्यमबाट विद्युत् पहुँच विस्तार गर्ने कार्यक्रम भने निरन्तर कार्यान्वयनमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)