ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
ratopati.com · Sun Jul 05 20:58:24 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा पाँच पटकको विजेता ब्राजिल र नर्वेबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । अमेरिकाको न्यूयोर्क-न्यु जर्सी स्टेडियममा भइरहेको खेलमा दुवै टोलीले सुरुवाती ४५ मिनेटमा गोलका लागि केही राम्रा अवसरहरू सिर्जना गरे पनि कुनै पनि पक्षले गोलको खाता खोल्न सकेनन् ।
पहिलो हाफको १४औँ मिनेटमा ब्राजिलका मिडफिल्डर ब्रुनो गिमारेसले प्रहार गरेको पेनाल्टी सदुपयोग गर्न सकेनन् । गिमारेसको पेनाल्टी प्रहार विफल भएसँगै ब्राजिलले खेलमा सुरुवाती अग्रता लिने एक अत्यन्तै सुनौलो अवसर गुमायो भने नर्वेजियन टोलीले राहत पायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)