नारायणगढ-मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
gorkhapatraonline.com · Sun Sep 06 10:26:23 GMT 2026

स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रुपमा रोक्न लागिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयद्वारा आज जारी सूचनामा भनिएको छ “कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ-मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने छ ।” कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुञ्जेलसम्म यो कार्य जारी रहने सूचनामा जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)