भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निः शुल्क स्वास्थ्य सेवा
gorkhapatraonline.com · Sun Sep 06 10:35:14 GMT 2026

भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निः शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । अस्पतालले आज विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित परिवारले स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक भारसमेत व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई एक वर्षसम्म निः शुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको हो ।
अस्पतालका अनुसार यसबाट प्रभावित परिवारलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुग्नुका साथै उपचारमा लाग्ने आर्थिक भार कम गर्न सहयोग पुग्ने छ । निः शुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने प्रक्रिया, आवश्यक कागजात तथा विवरण सम्बन्धी जानकारी छिट्टै सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ । प्रभावित परिवारले कसरी सेवा लिन सक्ने भन्ने विषयमा आवश्यक प्रक्रिया तय गरी जानकारी गराइने अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)