नेपाल मेडिकल काउन्सिलको चेतावनी : १५ दिनभित्र अवैध रूपमा प्रयोग गरिएको ‘Dr.’ हटाउनू
ratopati.com · Thu May 21 15:57:58 GMT 2026

काठमाडाैँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक (डाक्टर) उपाधिको अनाधिकृत प्रयोग तथा भ्रामक चिकित्सा विज्ञापनविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। काउन्सिलले बिहीबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै अवैध रूपमा “Dr.” वा “डा.” उपाधि प्रयोग गर्ने व्यक्ति तथा संस्थामाथि शून्य सहनशीलताको नीति अपनाइने जनाएको हो।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले बिहीबार जारी गरेकाे सूचनामा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सक तथा सम्बन्धित परिषद् ऐनद्वारा ‘चिकित्सक’ उपाधि प्राप्त गरेका बाहेक अन्य कुनै पनि स्वास्थ्यकर्मी वा व्यक्तिले नामअघि “डा.” प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)