लुम्बिनीको बजेट सोमबार
nagariknews.nagariknetwork.com · Sun Jun 14 11:25:29 GMT 2026

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट आगामी असार १ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत नवौँ बैठकमा बेलुका ५ः०० बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट पेस गर्नुहुनेछ।
प्रदेश सरकारले सीमित स्रोतसाधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपुरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ। आगामी बजेट उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्याय केन्द्रित हुने सरकारको तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)