चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला
nepalnews.com · Fri Aug 28 05:52:32 GMT 2026

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव भेटिएको छ। ती नदीमा चितवनतर्फ भेटिएका शवलाई भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’ मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका शवमध्ये ७४ पुरुष, ४१ महिला, छ बालक र दुई बालिकाको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)