रसुवामा सडक सञ्जाल विच्छेद भएपछि सुत्केरी र नवजात शिशुको उद्धार
ratopati.com · Sun Sep 06 10:49:24 GMT 2026

काठमाडौँ । रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ। गएको भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण सो गाउँपालिका यातायात सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको थियो।
गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएपछि आमा र शिशु दुवैमा जटिल स्वास्थ्य समस्या देखिएर तत्काल हवाई उद्धार गरी काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुर्याइएको साे गाउँपालिकाका प्रवक्ता दावागाेम्बाे तामाङले राताेपाटीलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)