भैरहवा भन्सार क्षेत्रमा स्वीप अपरेसन, चार जना नियन्त्रणमा
lokaantar.com

जिल्ला प्रहरी कार्यालय रुपन्देही र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भैरहवा भन्सार क्षेत्रमा सञ्चालन गरेको डग स्निफिङसहितको स्वीप अपरेसनका क्रममा चार जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार यात्रुलाई अनावश्यक हैरानी दिइरहेका चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो। नियन्त्रणमा पर्नेमा भारतका महाराजगन्ज, कुशीनगर र गोरखपुरका चार जना रहेका छन्। उनीहरूमध्ये एक जनाको साथबाट भारतीय रुपैयाँ ४ हजार ८५०, नेपाली ४०० रुपैयाँ र एक थान मोबाइल बरामद गरिएको छ भने दुई जनालाई भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)