बाढीले बगाएको भरोसा फर्काउन प्रधानमन्त्री शाहको दृढता
barnanmedia.com · Sun Sep 06 10:40:59 GMT 2026

देश विपद्मा हुँदा राज्यको सबैभन्दा ठूलो परीक्षा उद्धार र राहतमा मात्र हुँदैन। त्यो परीक्षा राज्यले पीडित नागरिकलाई कति नजिकबाट महसुस गर्छ, उनीहरूको दुःखलाई कति गम्भीरतापूर्वक सुन्छ र संकटको बीचमा कति भरोसा दिन सक्छ भन्ने कुरामा पनि हुन्छ। भोटेकोसीको विनाशकारी बाढीपछि युवा प्रधानमन्त्री बालेन्द्र शाह तत्कालै प्रभावित क्षेत्रमा आफै पुगे । हरेक दिन उनले नागरिकलाई सम्बोधन गर्दै ढाडस दिइरहेका छन् । संकटका बेला उनले शब्द र व्यवहार दुवै माध्यमबाट जुन भरोसा र प्रतिबद्धता दिइरहेका छन्, त्यो निकै अर्थपूर्ण र महत्त्वपूर्ण देखिन्छ।
नुवाकोटको विदुर–१०, बेत्रावतीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले प्रधानमन्त्री शाहलाई आफ्नो सम्बोधनको सुरुआत गर्ने आधार दिएको छ। तर चन्द्रिका आमाको उद्धार एउटा व्यक्तिको उद्धारमा मात्र सीमित छैन। यसले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान अझै जारी रहेको र राज्यले मानिसहरूको खोजीमा देखाएको गम्भीरता र दृढताको प्रमाण पनि दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)