जनकपुर बोल्ट्सबाट उत्सव सिग्देल अलगिए
ratopati.com · Sun Sep 06 11:01:28 GMT 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देलले टोली तथा ड्रीम स्पोर्टस् प्रालिको दैनिक सञ्चालन र व्यवस्थापनबाट अलग भएको घोषणा गरेका छन् ।
सिग्देलले आइतबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै आफू तत्काल लागू हुने गरी जनकपुर बोल्ट्स र ड्रीम स्पोट्र्स प्रालिसँगको सबै सञ्चालनसम्बन्धी जिम्मेवारी र दैनिक संलग्नताबाट अलग भएको बताएका हुन् । उनका अनुसार अब उनी फ्रेन्चाइज वा कम्पनीको व्यवस्थापन, प्रशासन, सञ्चालन, आर्थिक विषय, सम्झौतासम्बन्धी निर्णय तथा खेलाडी र कर्मचारीसँग सम्बन्धित विषयमा सहभागी हुने छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)