अमेरिका-इरान तनाव चर्किदै, पानी जहाजमाथि आक्रमणको दाबी
gorkhapatraonline.com · Sun Sep 06 11:03:02 GMT 2026

इरानले होर्मुज जलडमरूमा प्रवेश गर्न खोजिरहेको अमेरिकी पानी जहाजमाथि आफूले आक्रमण गरेको दाबी गरेको छ । अमेरिका र इरानबिच पुनः सैन्य तनाव बढिरहेका बेला इरानले यस्तो दाबी गरेको हो ।
इरानका अनुसार अमेरिकी पानीजहाज होर्मुज जलडमरू प्रवेश गर्न खोजेपछि त्यसलाई लक्षित गरी आक्रमण गरिएको थियो । तर, इरानको उक्त दाबीलाई अमेरिकाले तत्काल पुष्टि गरेको छैन । यो घटना अमेरिकी सेनाले इरानी तेल ट्यांकर तीन वटामाथि आक्रमण गरेको जनाएको एक दिनपछि भएको हो । अमेरिकी सेनाका अनुसार आफ्ना नौसैनिक युद्धपोतलाई लक्षित गरी गरिएको मिसाइल आक्रमणको जवाफमा ती तेल ट्यांकरमाथि कारबाही गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)