दुई सय ४७ वटा बैंक तथा फाईनान्स कम्पनीहरु मर्जरमा सामेल
lokpath.com · Tue Oct 25 16:10:31 GMT 2022
काठमाडौं । हालसम्म दुई सय ४७ वटा बैंक तथा फाईनान्स कम्पनीहरु मर्जरमा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् चालु आर्थिक बर्षको भदौ मसान्तसम्मममा कुुल दुई सय ४७ वटा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती प्रकृयामा सामेल भएका हुन ।
यसरी सामेल भएकाहरु मध्ये एक सय ७९ वटा संस्थाहरुको इजाजत खारेज हुन गई ६८ संस्था कायम भएको राष्ट्र बैंकको भनाइ छ । सो अनुसार हाल २६ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंकसमेत गरी कुल एक सय २५ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)