रोमानियामा नयाँ प्रधानमन्त्रीको खोजी
canadanepal.com · Sun Jun 14 12:21:16 GMT 2026

एजेन्सी - रोमानियामा जारी राजनीतिक अनिश्चितता अन्त्य गर्ने प्रयास स्वरूप राष्ट्रपति निकुसोर डानले एड्रियन भेस्टियालाई प्रधानमन्त्रीका लागि मनोनीत गरेका छन् । अघिल्लो उम्मेदवारले संसद्मा पर्याप्त समर्थन जुटाउन नसकेपछि राष्ट्रपतिले नयाँ नेतृत्वमार्फत स्थिर सरकार गठनको प्रयास अघि बढाएको हो ।
५३ वर्षीय भेस्टिया मध्य रोमानियाको ब्रासोभ काउन्टीका अनुभवी राजनीतिज्ञ तथा नेसनल लिबरल पार्टीका वरिष्ठ सदस्य छन् । उनी यसै महिनामा राष्ट्रपति डानले प्रधानमन्त्री पदका लागि मनोनयन गरेको दोस्रो व्यक्ति हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)