सात सय ६७ परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण
gorkhapatraonline.com · Sun Sep 06 11:42:49 GMT 2026

नेपालगन्ज, भदौ २१ गते । बाँकेको जानकी गाउँपालिकाले घरभित्रको धुवाँबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरण तथा दाउराको खपत घटाउने उद्देश्यले पालिकाभित्रका लक्षित परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण सुरु गरेको छ ।
हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, जानकी गाउँपालिका र उपभोक्ताको लागत साझेदारीमा सञ्चालित कार्यक्रमअन्तर्गत पहिलो चरणमा वडा नम्बर २ र ३ का २९० घरपरिवारलाई चुलो वितरण गरिएको छ । गाउँपालिकाले आगामी दिनमा थप घरधुरी समेट्दै ७६७ परिवारलाई चुलो वितरण गर्ने लक्ष्य लिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)