घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
ratopati.com · Fri Jun 05 06:46:13 GMT 2026

काठमाडौँ । गैरकानुनी तवरले नेपाली महिलाहरूलाई कुवेत र ओमान जस्ता खाडी मुलुकहरूमा पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा काठमाडौँको सिनामंगल बस्ने सङ्खुवासभाका ४६ वर्षीय आशिष भन्ने केदार बहादुर खड्का, ग्लोरी वर्ल्ड होलिडेज ट्राभल्सका सञ्चालक गुल्मी घर भई हाल जोरपाटी बस्ने ४४ वर्षीय राम बहादुर क्षेत्री र सोही ट्राभल्समा कार्यरत सिन्धुपाल्चोक घर भई हाल गुहेश्वरी बस्ने ४५ वर्षीय ईश्वर न्यौपाने रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)