‘इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
arthadabali.com · Sun Jun 14 12:29:18 GMT 2026

चितवन / नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाद्वारा सौराहामा आयोजित “इसेवा ह्याकाथन २०२६” भव्य रूपमा सम्पन्न भएको छ । यही जेठ १५ गतेदेखि आयोजित आवासीय ह्याकाथन नयाँ प्रविधि, नवप्रवर्तन, सिर्जनशील सोच तथा वातावरणीय दिगोपनासँग सम्बन्धित डिजिटल समाधानहरू प्रस्तुत गर्दै आइतबार सम्पन्न भएको हो । इसेवाले वन्यजन्तु तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको संस्था विश्व वन्यजन्तु कोष नेपालसँगको सहकार्यमा उक्त ह्याकाथन आयोजना गरेको थियो ।
नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ह्याकाथनमा देशभरबाट छनोट भएका २० टोलीका ६३ जना युवा प्रतिभाहरूबीच प्रतिस्पर्धा भएको थियो । सहभागी प्रतिस्पर्धी टोलीहरूले फिनटेक, साइबर सुरक्षा, डिजिटल समावेशीकरण तथा वातावरणीय दिगोपनासँग सम्बन्धित नवीन डिजिटल समाधान तथा प्रोटोटाइपहरू प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)