तेह्रथुममा भाेट हाल्न लाइन बसेका वृद्धको मृत्यु
lokpath.com · Sun Nov 20 04:51:21 GMT 2022
तेह्रथुम । मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएकाे छ ।
मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)