राहत सामग्री बोकेको थाई एयर काठमाडौँमा अवतरण
ratopati.com · Sun Sep 06 11:55:27 GMT 2026

काठमाडौँ। नेपालमा गत भदाै १० गते चीनकाे तिब्बत हुँदै आएको विपद्बाट प्रभावित नागरिकका लागि राहत सामग्री बोकेको रोयल थाई एयर फोर्सको सी–१३० हर्क्युलिस विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अवतरण गरेको छ।
थाइल्यान्डबाट आएको उक्त विमानमा विपद्बाट प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री ल्याइएको जनाइएको छ। विपद्को कठिन परिस्थितिमा नेपाललाई सहयोग र ऐक्यबद्धता जनाउँदै थाइल्यान्डले मानवीय सहायता उपलब्ध गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)