सभापति थापा र नेता डा कोइरालाबिच भेटवार्ता
gorkhapatraonline.com · Sun Sep 06 11:57:35 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा शेखर कोइरालाबिच आज भेटवार्ता भएको छ । भेटका क्रममा उहाँहरूबिच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको डा कोइरालाको सचिवालयले जनाएको छ ।
नेता डा कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पार्नुभएको थियो । जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)