मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
ratopati.com · Thu May 21 17:25:30 GMT 2026

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित बसन्तटोलबाट मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा बस्ने ३२ वर्षीय सन्जित लामा र मकवानुर कैलाश गाउँपालिका–३ घर भई हाल काठमाडौँ टोखा बस्ने ३२ वर्षीय अशोक लामा रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)