प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड ग्लोबल आईएमई बैंकले सहयोग गर्ने
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बैंकले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त सहयोग रकम हस्तान्तरण गर्ने निर्णय गरेको हो। बाढीका कारण कैयौँ नागरिकले ज्यान गुमाएको, धेरै बेपत्ता भएको र सयौँ परिवार विस्थापित हुनुका साथै बस्ती, पुल, सडक र जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)