अन्नपूर्णको पहिलो जित
neplays.com · Sun Sep 06 12:28:00 GMT 2026
काठमाडौं ।। अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा आइतबार पहिलो जित हात पारेको छ ।
एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो । अन्नपूर्णले २५–२३, २८–२६ र २५–२३ ले आफ्नो पक्षमा पार्यो । दुई खेलमा अन्नपूर्णको पहिलो जित हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)