गोल्याण ग्रुपको रक्तदानमा सांसद रञ्जु दर्शनाले भनिन्– ‘व्यवसायलाई समाजसँग जोड्नु प्रशंनीय’
kendrabindu.com · Sun Jun 14 13:15:36 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले व्यवसायलाई समाज विकासमा जोड्नु सकारात्मक कार्य भएको बताएकी छन् । विश्व रक्तदाता दिवसको अवसरमा गोल्याण ग्रुपले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा सांसद दर्शनाले उक्त कुरा बताएकी हुन् ।
गोल्याण ग्रुपले सामाजिक कार्यमार्फत आफूलाई समाजसँग जोड्दै गएकोमा प्रशंसासमेत गरिन् । ‘व्यापार–व्यवसायबाट कमाएको पैसालाई समाजको विकासमा पनि लगानी गर्नुपर्छ, समाजसँग जोडिनु निकै राम्रो काम हो,’ उनले भनिन्, ‘गोल्याण ग्रुपले यही कुरा मनन् गरेर समाजप्रतिको उत्तरदायित्व बहन गरिरहेको छ, यसले समाजसँगको सम्बन्ध पनि बलियो भएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)