हिमालय एयरलाइन्सको सिधा उडानमार्फत १७५ चिनियाँ पर्यटकको नेपाल आगमन
kendrabindu.com · Fri Jun 05 06:55:56 GMT 2026

काठमाडौं । हिमालय एयरलाइन्सको काठमाडौं–शेन्जेन सिधा उडानमार्फत शुक्रबार १७५ जना चिनियाँ पर्यटक नेपाल आएका छन् ।
एक साताको नेपाल भ्रमणका लागि आएका पर्यटकहरू हिमालय एयरलाइन्सको सोही सिधा उडानमार्फत शेन्जेनबाट काठमाडौं आइपुगेका हुन् । चीनको शेन्जेनबाट आएका ती पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाण्डा टुर्स एण्ड ट्राभल्सले नेपाली कला, संस्कृति झल्किने परम्परागत पोशाक तथा बाजागाजासहित भव्य स्वागत गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)