निलम्बित मुख्यसचिव अर्यालले पाए भ्रष्टाचार मुद्दामा सफाइ
farakdhar.com · Wed Oct 30 15:07:35 UTC 2024

विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा.वैकुण्ठ अर्याललाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरु न्यायाधीशद्वय खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले आज अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा डा.अर्यालले सफाइ पाउने फैसला गरेको हो ।
फैसलामा भनिएको छ, ‘प्रतिवादी डा.अर्यालले सूचना तथा सञ्चार मन्त्रालयको सचिवको हैसियतमा गरेको निर्णय पूर्वअभ्यास र विनियमावली नबनेको भन्ने आधारमा गरेको देखिएको र सो निर्णय गर्दा मिलेमतो र बदनियत राखी आफूलाई लाभ वा सरकारलाई हानि नोक्सानी निजकै कारणबाट भएको भन्ने प्रमाणबाट पुष्टि हुन आएन ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)