किसानलाई पचास प्रतिशत अनुदानमा फलफूलका विरुवा
barnanmedia.com · Sun Jul 05 23:39:47 GMT 2026

कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि गर्ने उद्देश्यले आइतबार किसानलाई ५० प्रतिशत अनुदानमा दुई हजार ३९० फलफूलका बिरुवा वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको कृषि विकास कार्यक्रमअन्तर्गत किसानलाई आँप, लिची र सिडलेस अङ्गुरका बिरुवा वितरण गरेको हो ।
नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीका अनुसार वितरण गरिएका बिरुवामध्ये दशहरी जातका आँप एक हजार २००, सोही जातका लिची एक हजार १५० र सिडलेस अङ्गुरका ४० बिरुवा रहेका छन् । फलफूलखेतीमा रुचि राख्ने किसानलाई जनही दुई–दुई आँप र लिचीका बिरुवा उपलब्ध गराइएको छ भने व्यावसायिक रूपमा अङ्गुरखेती गर्न इच्छुक किसानलाई सिडलेस अङ्गुरका बिरुवा वितरण गरिएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)