ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलोपटक क्वाटरफाइनलमा : हालान्ड भन्छन्- यसले इतिहास लेख्नेछ
nagariknews.nagariknetwork.com · Sun Jul 05 23:48:12 GMT 2026
एर्लिङ हालान्डले दुई गोल गरेसँगै नर्वे पाँचपटकको विश्वकप विजेता ब्राजिललाई २-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा बिहान भएको खेलमा नर्वेले ऐतिहासिक जित निकालेको हो। खेलको ७९औँ मिनेटमा एन्ड्रियास स्जेल्डरपको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए। त्यसपछि ९०औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। खेलको अतिरिक्त समयको दशौँ मिनेटमा ब्राजिलका नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन्। यस हारसँगै ब्राजिल सन् १९९० पछि पहिलोपटक विश्वकपको नकआउट चरणबाट बाहिरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)