लोकतन्त्र स्थापना गर्ने कांग्रेसभित्रै निरंकुशता शुरु भयो : डा. शेखर कोइराला
lokaantar.com

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि स्थापना भएको कांग्रेस पार्टीभित्रै निरंकुशता शुरु भएको बताएका छन्।
कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको दाबी गर्दै २०३३ सालमा बिपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आज झन् बढेको बताए। कांग्रेस अब बिपीको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)