नार्कका दुई कर्मचारी सेवाबाट निष्कासित
nepalnews.com · Mon Jul 06 00:37:51 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का दुई कर्मचारीलाई सेवाबाट हटाएकी छिन्। नार्कको अध्यक्षसमेत रहेकी मन्त्री चौधरीले दुई कर्मचारीबाट बेपत्ता रहेका कर्मचारी हटाउने सुरुवात गरेको उनको सचिवालयले जनाएको छ।
कर्मचारी प्रशासन विनियमावली, २०६२ को विनियमबमोजिम उनीहरूलाई अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको हो। दरबन्दी मात्र ओगटेर कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारीविरुद्ध आवश्यक कारबाही गरिएको मन्त्री चौधरीले स्पष्ट पारेकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)