मेक्सिको र इंग्ल्यान्ड भिड्दै, खेल एक घण्टा ढिलो सुरु हुने
kendrabindu.com · Mon Jul 06 00:39:13 GMT 2026
काठमाडौं । खराब मौसमका कारण मेक्सिको र इंग्ल्यान्डबीचको विश्वकप २०२६ को अन्तिम १६ चरणको खेल निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु हुने भएको छ । मेक्सिको सिटी स्टेडियममा सोमबार बिहान पौने ६ बजे सुरु हुने भनिएको खेल सम्भावित आँधीका कारण पछाडि सारिएको हो ।
यो खेल यस विश्वकपमै बहुप्रतीक्षित खेल रहेको छ । इंग्ल्यान्डले ६० वर्षपछि पहिलो ठूलो उपाधि जित्ने हो भने यो खेलमा आफू अनुकूल नतिजा निकाल्नु पर्ने हुन्छ । सहआयोजक रहेको मेक्सिको आफैं भने उत्कृष्ट लयमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)