अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
ratopati.com · Sun Jun 14 14:57:18 GMT 2026

धनगढी । भारतीय सीमा सुरक्षा बल (आईटीबीपी) का महानिर्देशक सवार हेलिकोप्टर नेपाली अनुमतिबिना नेपालको आकाशमा प्रवेश गरेको पाइएको छ। आइटीबीपीका महानिर्देशक कपुर कालापानी क्षेत्रको गुञ्जीस्थित युनिट निरीक्षणमा जाने क्रममा भारतीय हेलिकोप्टर नेपाली आकाश प्रयोग गर्दै उडेको पाइएको हो।
कुनै पनि देशको अनुमतिबिना अर्को देशको विमान वा हेलिकोप्टर प्रवेश गर्नुलाई अन्तर्राष्ट्रिय कानुनअनुसार एयर स्पेस भ्वाइलेसन’ हवाई क्षेत्र उल्लंघन मानिन्छ। गत मंगलबार दार्चुलाको आकाशमा उक्त हेलीकोप्टर उडेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)