नेपाली चिया निर्यातमा सधैं भारतीय अल्झाे
nagariknews.nagariknetwork.com · Mon Jul 06 01:02:24 GMT 2026

हजारौंले रोजगारी पाइरहेको र अर्बाैं विदेशी मुद्रा आर्जन गरिरहेको नेपाली चिया क्षेत्र वर्षाैंदेखि अन्योल र अल्झनमा छ। गुणस्तरीय उत्पादनका लागि राज्यको बेवास्ता र त्यही ‘कमजोरी’लाई निहुँ बनाएर हुने गरेको निकासी झन्झटले बर्सेनि नेपाली चिया क्षेत्र चर्चाको विषय बन्ने गरेको छ। सधैंजसो यही विषयलाई लिएर निकासीमा हुने किचलोले उत्पादनको मुख्य मौसम र गुणस्तरीय पत्ती हुने बेलैमा व्यवसायीले अवरोध खेप्नुपरिरहेको छ।
यो वर्ष पनि पुरानै लफडा दोहोरियो। फर्स्ट फ्लस (वर्षभरकै गुणस्तरीय पत्ती) कै बेला भारतले करिब दुई महिना नेपाली तयारी चियाको आयातमा बखेडा झिकिदियो। भारतीय टी बोर्डले दर्जनौं सर्त राखेर नेपाली तयारी चिया जाँचपछि मात्रै बिक्री गर्न पाउने प्रावधान लागु गर्यो। भारतले आफ्नोबाहेकको चियालाई मात्रै गुणस्तरका नाममा निर्धारण गरेको यो सर्तले निकासीको ९० प्रतिशत बजार हिस्सा भारतमै रहेको नेपाली चियालाई सोझै असर पर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)