दिक्तेल बेसक्याम्पमा विस्फोटक पदार्थ फेला
gorkhapatraonline.com · Sun Sep 06 14:52:44 GMT 2026

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा विस्फोटक पदार्थ फेला परेको छ। बेसक्याम्पमा फुटसल ग्राउन्ड निर्माणका लागि स्थानीयले जमिन खन्नेक्रममा आज साँझ विस्फोटक पदार्थ फेला पारेका हुन्।
स्थानीयले भेटेको विस्फोटक पदार्थलाई सोमबार बिहान मात्र निस्क्रिय पार्ने तयारी गरिएको रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीले जानकारी दिनुभयो । द्वन्द्वकालका बेला उक्त स्थानमा सुरक्षा फौजको क्याम्प रहेको थियो । सोही समयमा सुरक्षा फौजले विस्फोटक पदार्थ राखेको हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)