चुनौतीको चाङमा उपकुलपति भाेला थापा
nagariknews.nagariknetwork.com · Mon Jul 06 01:21:34 GMT 2026

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का नवनियुक्त उपकु्लपति प्राध्यापक डा. भोला थापाले सोमबार पदभार ग्रहण गर्दै छन्। काठमाडौं विश्वविद्यालयको पूर्वउपकुलपतिसमेत रहेका थापाले चुनौतीको चाङबिच त्रिवि उपकुलपतिको पदभार समाल्न लागेका हुन्। सरकारले केही नेपाल ऐन संशोधन गर्न ल्याएको विधेयक जारी भएयता त्रिवि नेतृत्वविहीन रहँदे आएको थियो। नेतृत्व अभावले त्रिवि सभा, कार्यकारी परिषद् र प्राज्ञिक परिषद् पनि गठन हुन बाँकी छ। आगामी शैक्षिक सत्रको नीति तथा कार्यक्रम र बजेट पारित गराउने दिन नजिकिँदै गर्दा नवनियुक्त उपकुलपति थापाको नेतृत्व कस्तो हुने भन्दै शिक्षक, कर्मचारी र विद्यार्थीले चासोका साथ हेरिरहेका छन्।
त्रिविमा राजनीतिक हस्तक्षेप अत्यन्त जटिल समस्या मानिन्छ। पदाधिकारी नियुक्तिदेखि विद्यार्थी र शिक्षक संगठनको गतिविधिसम्ममा दलगत प्रभाव देखिने गरेको भन्दै शिक्षाविद्हरूले विश्वविद्यालयको स्वायत्तता सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्। निर्णय प्रक्रिया राजनीतिक विवादमा अल्झिँदा त्रिविमा नीतिगत सुधार हुन सकेको छैन। नेपालको उच्च शिक्षाको सबैभन्दा ठुलो संस्था त्रिवि नयाँ नेतृत्वको प्रतीक्षासँगै चुनौतीको चाङमा उभिएको छ। करिब पाँच लाखभन्दा बढी विद्यार्थी, ६४ आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसको शैक्षिक व्यवस्थापन गरिरहेको त्रिवि वर्षौंदेखि दोहोरिँदै आएका संरचनागत, प्रशासनिक र शैक्षिक समस्याबाट अझै पूर्ण रूपमा मुक्त हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)