विनाशकारी बाढी : नेपाली सेनाका ४५ जना अझै बेपत्ता
ratopati.com · Sun Sep 06 14:57:47 GMT 2026

काठमाडौँ । गत भदौ १० गते चीनकाे तिब्बत हुँदै आएकाे विनाशकारी बाढीमा परेर नेपाली सेनाका ४५ जना अझै सम्पर्कविहीन रहेका छन् । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १२ जना सुरक्षाकर्मी अझै बेपत्ता रहेका हुन् ।
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी खोज तथा उद्धारमा निरन्तर खटिरहेका छन् । तीन वटै सुरक्षा निकायको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)