बीपीको भूमिबाट कांग्रेस नेताहरूको आह्वान : मिलेर अघि बढौँ, फुटेर जाने छुट छैन
baahrakhari.com · Sun Jun 14 15:57:20 GMT 2026

विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको इतरसमूहले आइतबार प्रादेशिक भेला आयोजना गर्यो । प्रदेश समितिको आयोजना भनिएको कार्यक्रममा कोसी सभापति उद्धव थापा भने सहभागी थिएनन् । कार्यक्रमको सभापतित्व महामन्त्री भूपेन्द्र राईले गरेका थिए । कार्यक्रममा प्रदेशसभाका सदस्य, पूर्वकेन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसहित विभिन्न जिल्लाबाट आएका कांग्रेस नेता तथा कार्यकर्ता उल्लेख्य सहभागी थिए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले विषम परिस्थितिमा नेपाली कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने र फुट तथा विभाजनको धङधङी बोकेर अघि बढ्ने छुट कसैलाई नभएकोतर्फ नेतृत्वलाई खबरदारी गरे । अधिकांश वक्ताले पार्टी एकता र मेलमिलापमा जोड दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)