बाढीका बेला नुवाकोटमा कैदीहरूले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण
ratopati.com · Sun Sep 06 15:11:23 GMT 2026

काठमाडौँ। भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदिमा आएको भीषण बाढीका बेला नुवाकोटस्थित केन्द्रीय कारागारका कैदीहरुले सुरक्षाकर्मीमाथि आक्रमण गरेको खुलेको छ ।
प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार यसको खुलासा गरेका हुन् । उनका अनुसार बाढीको मौका छोपेर कारागारको पर्खाल र गेट तोडी करिब १०० मिटरसम्म भागेका ५० जना कैदीबन्दीलाई सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएका थिए । त्यस क्रममा भाग्न नपाएका कैदीबन्दीले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा केही सुरक्षाकर्मी घाइते भएको बालेनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)