एनआइसी एसियाको स्वामित्वमा रहेको सीआइटीको २४ हजार कित्ता सेयर लिलामी बिक्री खुला
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको २४ हजार कित्ता संस्थापक सेयर आज (वैशाख १५ गते) बाट लिलामी बिक्री खुला गरेको छ । यसमा वैशाख २१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम ७१३ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)