अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
ratopati.com · Sun Jun 14 16:09:35 GMT 2026

म्याग्दी । मालिका गाउँपालिकाको अदिभारा-टाक्से-रुम सडकमा ६ वर्षपछि यातायात सञ्चालन हुन थालेको छ । स्थानीयले घरजग्गा धितो राखेर वि.सं. २०७५ मा मार्ग खोलेका उक्त सडकको टाक्से खण्डमा पहिरो खसेपछि वि.सं. २०७७ देखि बन्द भएको थियो।
रुम म्याग्दी जिल्लाको ठूलो बस्तीमध्येमा पर्ने वडा हो । रुमलाई पालिकाको केन्द्र दरवाङ बजारसँग जोड्ने यो सडकमा पछिल्लो दुई महिनायता नियमित सवारीसाधन सञ्चालन भइरहेका मालिका-२ का वडाध्यक्ष उदयकुमार बूढाथोकीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)