ओपेक प्लसद्वारा तेल उत्पादन कोटा बढाउने तयारी
annapurnapost.com · Mon Jul 06 02:10:52 GMT 2026

लन्डन (एजेन्सी) : मध्यपूर्वको तनाव बिस्तारै कम हुँदै गएपछि पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक प्लस) ले तेलको उत्पादन कोटा बढाउने सम्भावना देखिएको छ ।
साउदी अरब र रुससहित सात प्रमुख सदस्य राष्ट्रहरूले आगामी अगस्ट महिनाको उत्पादन परिमाणबारे भर्चुअल बैठकमार्फत छलफल गर्दै छन् । स्विस बैंक ‘यूबीएस’ का वस्तु (कमोडिटी) विश्लेषक जियोभानी स्टोनोभोका अनुसार ओपेक प्लसले अघिल्ला महिनाहरूमा गरिएको उत्पादन कटौतीलाई क्रमशः फिर्ता गर्दै दैनिक करिब १ लाख ८८ हजार ब्यारेल तेल उत्पादन बढाउन सक्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)