दुर्व्यसनकाे शिकार : काे हुन् ती महिला ?
ajakoartha.com · Sun Nov 24 17:00:00 GMT 2024

काठमाडाैं - मध्यरातमा महिलाको शव बोकेका एक युवाले केही पर सडक छेउमा लगेर फाल्छन् । त्यसपछि उनी आफ्नो गन्तव्यतिर लाग्छन् । उक्त दृश्य सिसी टिभी फुटेजमा कैद हुन्छ । अनि फुटेज प्रहरीको अनुसन्धानको विषय बन्छ ।
अनुसन्धानमा खटिएका प्रहरीले सिसी टिभी फुटेजकै आधारमा शव फ्याँक्ने युवालाई पक्राउ गर्छन् । प्रायः फिल्मीमा देखिने र सुनिने यो घटना यसपटक काठमाडाैंको कालीमाटीमै भएको छ । मङ्सिर ७ गतेको घटना विवरण आज सार्वजनिक भएपछि सबै चकित छन् । सिसी टिभीमा देखिएको उक्त दृश्यपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती व्यक्तिको खोजी र घटनाको विवरण सङ्कलनमा खटिएको छोटो समयमै शव बोकेर हिँड्ने युवालाई पक्राउ गर्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)