खसीको मासुमा मनपरी मूल्य, बहाना– बर्डफ्लु
onlinekhabar.com · Mon Jul 06 02:21:22 GMT 2026

२१ असार, काठमाडौं । आइतबार बिहान शंखमुलमा खसीको मासु किन्न गएकी सुजिता भण्डारी मासु नकिनेर त्यसै फर्किइन् । ‘खसीको मासु त किलोको १७ सय रुपैयाँ पर्ने रहेछ अहिले !,’ उनले सुनाइन्, ‘त्यसपछि म त रित्तै फर्किएँ ।’
उपत्यकामा बर्डफ्लु फैलिएको समाचार आइरहेकाले उनले कुखुराभन्दा पनि खसीको मासु खाने सोच बनाएकी थिइन् । तर, पसलेले भनेको त्यो मूल्य सुनेर उनी झस्किइन् । ‘केही समयअघिसम्म १२ देखि १३ सय रुपैयाँ मूल्य रहेको मासु एक्कासि यति धेरै महँगो ?’ उनले पसलेलाई प्रश्न गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)