महिला टी २० विश्वकपको उपाधि अस्ट्रेलियालाई
himalpress.com · Mon Jul 06 02:39:05 GMT 2026
काठमाडौँ- इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले महिला टी २० विश्वकपको उपाधि सातौँपटक जितेको छ। इंग्ल्यान्डको लर्ड्समा आइतबार राति भएको फाइनल खेलमा इंग्ल्यान्डले दिएको १५१ रनको लक्ष्य अस्ट्रेलियाली टोलीले १७।१ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गरेको हो।
अस्ट्रेलियाकी बेथ मुनीले ४९ बलमा १० चौकासहित ६४ रन बनाइन्। फोबे लिचफिल्डले ३५ बलमा ४८ रन बनाइन्। यसअघि अस्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।