काठमाडौं विश्वविद्यालय र बीवाइडीको सहकार्यमा चार्जिङ स्टेशनको शुभारम्भ
annapurnapost.com · Sun Sep 08 13:48:03 UTC 2024

काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयू) र साइमेक्स इंक प्रा.लि बीवाइडीले धुलिखेलमा ३३ किलोवाटको डीसी फास्ट चार्जिङ स्टेसनको शुभारम्भ गरेका छन् । केयूका उपकुलपति प्रा.डा भोला थापा र बीवाइडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ ज्युलियाङले संयुक्तरूपमा उद्घाटन गर्दै दिगो विकासको प्रवद्र्धनमा ठूलो कदम चालेको बताएका छन् ।
बीवाइडीले चार्जिङ स्टेशनबाहेक अनुसन्धान र शिक्षण गतिविधिहरूको लागि इलेक्ट्रिक सवारी साधनहरूको कम्पोनेन्टहरू प्रदान गरेको छ । यी कम्पोनेन्टहरू केयूमा प्रयोगशालाको सेटअपमा महत्वपूर्ण हुने केयूले जनाएको छ । विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई आधुनिक ईभी प्रविधिहरूसँग प्रत्यक्षरूपमा सहभागी हुन सहयोग मिल्ने लिउ जुलियाङले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)