घोडा चढेर खेत गएका थापा मृत भेटिए
ekantipur.com · Sun Sep 08 17:06:22 UTC 2024
पाँचथर — घरबाट घोडा चढेर खेत गएका कुम्मायक-१ पाँचथरका मोहन थापा मृत अवस्थामा भेटिएका छन् ।
शनिबार बिहान ७ बजे खेतमा काम गर्न गएका ४५ वर्षीय थापा चढेर गएको घोडामात्रै फर्केपछि खोजी गर्ने क्रममा बाटोमा लडिरहेको अवस्थामा भेटिएका थिए । घोडा आएको घण्टौंसम्म थापा घर नफर्केपछि खोजतलास गर्दा परिवारका सदस्यले घरदेखि ६ सय मिटर टाढा बाटोमा बेहोस अवस्थामा भेटेपछि घर ल्याइ पुर्याउँदै गर्दा उनको मृत्यु भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)