नेपालमा उत्पादन भएका सवारीसाधान दर्ता गर्ने बाटो खुल्यो
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : अबदेखि नेपालमा बनेका सवारी साधन दर्ता गर्न मिल्ने भएको छ । सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० लाई संशोधन गरेर दर्ता गर्न मिल्ने व्यवस्था गरेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै उक्त निर्देशिकामा नेपालमा उत्पादन भएका सवारीसाधान दर्ता गर्ने बाटो खोलिएको जनाएको हो ।
सरकारले उक्त निर्देशिकाको बुँदा नम्बर ११.१ अन्तर्गतमा नयाँ बुँदा ११.१.१ थप गरि निर्देशिका संशोधन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । निर्देशिकाको नयाँ बुँदा बमोजिम विदेशबाट पाटपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)