भत्किएको बीपी राजमार्ग पुनर्निर्माण जारी, नयाँ ट्रयाकबाट सवारी चलाउन सकिने
kendrabindu.com · Mon Jul 06 03:44:19 GMT 2026

काठमाडौं । असोज २०८१ को बाढीले क्षति गरेको बीपी राजमार्ग अझै तयार भइसकेको छैन। बाढीबाट थप क्षति हुन नदिने गरी खोलाको तहबाट ८ मिटरसम्म अग्लो उचाइमा वाल उठाएर सडक बनाइँदै छ।
सडक डिभिजन कार्यालय भक्तपुरले बर्खालाई ध्यानमा राखेर १५ असारबाट नयाँ ट्र्याकमा सवारीसाधन चलाउने तयारी गरेको थियो। उक्त समयमा बर्खा सुरु भइसक्ने अनुमानका आधारमा सवारी आवागमन नरोक्ने गरी नयाँ ट्र्याक खोल्ने तयारी गरिए पनि बाढीको समस्या नभएकाले खोलाकै डाइभर्सनबाट सवारी चलाइएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)