ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको मुख्य विमानस्थलका सेवा स्थगित
lokaantar.com

इन्डोनेसियाले आइतबार आफ्नो मुख्य अन्तर्राष्ट्रिय विमानस्थल र अन्य सात विमानस्थल बन्द गरेपछि करिब एक लाख ७० हजार यात्री अलपत्र परेका छन् । माउन्ट अनाक क्राकातोआबाट १५० किलोमिटरभन्दा टाढाबाट ज्वालामुखी खरानी र लाभाको बादल उठेपछि सयौँ उडान रद्द भएका हुन् ।
इन्डोनेसियाको भूगर्भ विज्ञान सर्भेक्षण तथा अनुसन्धान निकायले दिएको वक्तव्यअनुसार माउन्ट अनाक क्राकातोआमा शनिबार ज्वालामूखी विस्फोट भयो, जसबाट लाभाको फोहोरा निस्कियो र सयौँ किलोमिटर टाढासम्म गर्जन सुनियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)